काठमाडौं- सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झालाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सर्लाही बलरा नगरपालिका ३ का झालाई दुग्ध विकास संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको हो।
सरकारले राजश्व परामर्श समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले पंगेनी र अंगाईलाई परामर्श समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।