काठमाडौं- सातको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो। सोमबार सुन तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज भने सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ।
चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा निर्धारण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।