काठमाडौं– इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।
प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्तालगत्तै उनलाई संक्रमण पुष्टि भएको हो।
‘हिस्टोरिक समिट’का क्रममा आइतबार उनीहरुबीच साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन्।
प्रधानमन्त्री नाफ्ताली बन्नेटले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको कार्यालयले जनाएको छ।
उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा गउका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।