काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका छन्।
पार्टीको विधान बमोजिम उनले आज केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन्। २० सदस्यीय सम्पादन समिति गठन गरिएको हो।
सम्पादन समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष बिक्रम पाण्डे, उपाध्यक्ष ध्रुब बहादुर प्रधान, उपाध्यक्ष रोशन कार्की, उपाध्यक्ष हेमजङ्ग गुरुङ, उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री डा.धवल शमशेर राणा, महामन्त्री भुवन पाठक, महामन्त्री कुन्ती कुमारी शाही, महामन्त्री राजेन्द्र गुरुङ, महामन्त्री प्रल्हाद साह रहेका छन्। त्यसै गरि केन्द्रीय सदस्य दीपक बोहोरा, केन्द्रीय सदस्य नवराज सुवेदी, केन्द्रीय सदस्य हरि बहादुर बस्नेत, केन्द्रीय सदस्य बालाराम घर्ती मगर, केन्द्रीय सदस्य जयन्त चन्द, केन्द्रीय सदस्य टंक ढकाल, केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा र केन्द्रीय सदस्य ऋषि बाबु परियाररहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।