काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ र तरुण दलमा अध्यक्ष मनोनित गरेको विरोधमा रहेको शेखर कोइराला पक्षले आज भेला बोलाएको छ।
कोइराला पक्षले नेविसंघ र तरुण दलको भेला आज दिउँसो १ बजेका लागि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा बोलाएको हो।
सभापति शेरबहादुर देउवाले नेविसंघ सभापतिमा दुजाङ शेर्पा र तरूण दल अध्यक्षमा विद्वान गुरूङलाई मनोनीत गरेसँगै कोइराला पक्ष असन्तुष्ट छ। दुई संगठनको महाधिवेशन प्रतिनिधि सभा र प्रदेश सभा चुनाव सकिएको तीन महिनापछि गर्ने गरि तदर्थ समिति गठन गिएको हो।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार उनीहरूलाई देउवाले अध्यक्ष नियुक्त गरेका हुन्। तर अध्यक्षहरू मनोनीत गर्दा छलफल र परामर्श नगरी एकलौटी गरिएको भन्दै कोइराला पक्ष असन्तुष्ट रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।