• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
पहाड पूर्वतर्फ ठेलिँदै जाँदा तीनतलेको पहिरो :  भूगर्भविद्
64x64
रासस सोमबार, चैत १४, २०७८  १०:०२
1140x725

महोत्तरी- महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीनतलेमा गएको पहिरो अध्ययन थालिएको छ। गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औँल्याएका हुन्।

ललितपुरस्थित पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक इञ्जिनियरिङ भूगर्भशास्त्री प्रकाशचन्द्र घिमिरे र वातावरणविज्ञ सरोज घिमिरेले स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा तीनतले पहिरो गहिरो अनुसन्धानको विषय भएको जानकारी दिए। उनीहरुले तीन दिनसम्म पहिरोको स्थलगत अध्ययन गरेका थिए। 

'यो पाखाको माटो खुकुलिएर झरेको सामान्य प्रकृतिको पहिरो देखिँदैन', उपप्राध्यापक प्रकाशचन्द्रले भने, 'यहाँ नयाँ र थप अध्ययन गरिनपर्ने भौगर्भिक अनुसन्धानको चासो देखिएको छ।' पहिरो गएको पहाडको शृङ्खला धकेलिएर ठेलिँदै गएर पहिरो गएको उनको भनाइ छ। 

'पहाडी थुम्का ठाउँठाउँमा च्यातिएको देखिन्छ, चट्टानका पत्र धजा परेका छन्', वातावरणविद्  सरोज भन्छन्, 'पहिरो गएको पहाडी थुम्कामा छिनछिनमा प्रकृति (आकार) फेरिँदै छ।' घटनास्थल नजिकका थुम्का र पाखामा ‘पट्–पट्’ आवाज आइरहने र खयरमारा खोला पश्चिमको किनार लगातार उठी रहेको वातावरणविद् उनको भनाइ छ। सबैभन्दा नयाँ कुरा पहाड पूर्वतर्फ ठेलिँदै गएको दुवै विज्ञको ठम्याइ छ।

पहिरो गएको ठाउँ चुरे र तराई छुट्याउने ‘प्रगाध’ रहेको उनको भनाइ छ। तीनतले पहाडी थुम्का र त्यसको पूर्वी फेदी खयरमारा खोलाले पछिल्लो एक महिनादेखि दिनदिनैजसो रुप फेर्दै आएका खयरमाराकै बासिन्दा सामाजिक कार्यकर्ता विष्णु भण्डारीले जानकारी दिए। अनुगमन टोलीसँगै तीन दिन सँगसँगै रहेका उनले एक महिना पहिले आफूले नयाँ अवस्था देखेपछि विज्ञहरुको चासोकै लागि सामाजिक सञ्जालमा तीनतले पहाड र खयरमारा खोलाको अवस्थितिबारे तस्वीर राखेको बताए। 

'म आफ्नै व्यवसाय प्रयोजनको भेटघाटका लागि भित्री काछ बस्तीतिर आउजाउ गरी रहन्छु', उनले भने, 'तीनतले मुनि पुग्दा ‘गडगड’ ‘पटपट’ को आवाज सुनेपछि के हुँदैछ भन्ने चासो बढेको हो ।' एक महिनाअघि मास्तिर जाँदा र फर्कदा खयरमारा खोलाको पश्चिमी किनार र पहाडी पाखा फरक देखिएजस्तो लागेपछि यो खास परिस्थिति बन्दैछ भन्ने अड्कल भएको स्थानीयवासी भण्डारीले जानकारी दिए। 
आफूले करिब एक महिनापहिले नै त्यहाँको परिघटनाबारे सामाजिक सञ्जालमा पस्कँदै आए पनि पहिरो गइसकेपछिमात्र विज्ञको चासो बढेको उनले बताए।  

सुक्खा याममा गत बुधबार मध्यरातपछि तीनतलेमा पहिरो गएको हो। विष्फोटको आवाजले तीन/चार पटक पहिरो गएको स्थानीयले बताउँदै आएका छन् । पहिरो गएयता पहाडी थुम्का र फेदी नजिक लगातारजसो ‘गडगड’ र ‘पटपट’ जस्तो आवाज सुनिन थालेपछि यो दैवी आपत्तिको सङ्केत भन्दै चुरे काछवासी डराएका छन्। घटनालाई ईश्वर रिसाएर भएको तामाङ बसोबास बाहुल्यताको काछवासीको बुझाइ छ।

घटनास्थलको अवलोकन गरेका दुवै विज्ञले यो विशेष प्रकृतिको भौगर्भिक घटना भएको हुँदा यसबारे थप अध्ययन र अनुसन्धानको आवश्यकता औँल्याएका छन्।

'हामीले स्थलगत अवलोकनपछि समाजका विभिन्न पक्षसँग पनि अन्तक्र्रिया गरेका छौँ', भूगर्भशास्त्री प्रकाशचन्दले भने, 'अब हामीले देखे बुझेको कुरा वरिष्ठ भूगर्भविज्ञ (वैज्ञानिक) डा मेघराज धिताल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जोखिमयुक्त पहिरो नियन्त्रण आयोजना पुलचोक ललितपुरका विज्ञलाई दर्शाउँछौँ ।' यो गम्भीर र फरक प्रकृतिको भौगर्भिक घटना भएको हुँदा निरन्तर अध्ययन र अनुसन्धानको चासोमा पर्नुपर्ने दुवै विज्ञको ठहर छ।

पहिरो गएयता त्यसअघिको ५० मिटरभन्दा फराकिलो खयरमारा खोलाको चौडाइ साँघुरिएर १० मिटरमा झरेको छ। खोलाको भाग खोच बन्दै गएको, पहाडी थुम्का लगातार ठेलिँदै पूर्वतर्फ धकेलिएको र चट्टानमा धजा पर्ने क्रम जारी नै रहेको हुँदा यसले थप जोखिम बढाएको घिमिरेद्वयको निष्कर्ष छ।

'चुरे काछका १० भन्दा बढी बस्ती त जोखिममा देखिए नै' उनले भने, 'करिब तीन किलोमिटर दक्षिणको खयरमारा बजार पनि जोखिम बाहिर छैन ।' अहिले सुक्खायाममै गएको पहिरो बर्खा आउनुअघि समुचित व्यवस्थापन नगरिए अकल्पनीय विपत्ती आइपर्न सक्ने विज्ञद्वयको ठम्याइ छ।

खयरमारा उत्तरका चुरे काछका पाखा र फेदीका चौरमा गरी १० भन्दा बढी बस्ती छन् । बर्दिबास–१० र ११ मा पर्ने यी बस्तीका बासिन्दा पहिरो गएयता राम्ररी निदाउन सकेका छैनन्।

पहिरोबारे सामाजिक सञ्जाल, छापा र विद्युतीय सञ्चारमाध्यममा लगातार समाचार प्रसारण/प्रकाशन भइरहे पनि जनप्रतिनिधिमूलक र प्रशासनिक निकाय अवस्था हेर्नसम्म पनि नआएका खयरमारा–११ का बासिन्दा स्थानीय सामाजिक कार्यकर्ता विष्णु भण्डारीको गुनासो छ।

 अब काठमाडौँबाट आएको भूगर्भविज्ञ र वातावरणविज्ञको अवलोकन र अध्ययनले सम्बद्धपक्षको चासो बढाइदिने खयरमारावासीले आश सङ्गालेका छन्।
 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
सम्बन्धित सामग्री
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव सोमबार राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको युवा उद्यमशिलता प्रवद्र्धन सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाह... सोमबार, असार १६, २०८२
वीरगञ्जमा सर्वोच्चको आदेशपछि मेयर सिंहले चलाए मेनरोडमा डोजर (तस्विरहरु) मेयर राजेशमान सिंहको नेतृत्वमा डोजरसहितको टोलीले वीरगञ्जको मेनरोड खण्डमा अवरोध हटाउने कार्य तीव्र रूपमा अघि बढाएको छ। सोमबार, असार १६, २०८२
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध आज बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गतको कालीकोटको गगनेखोलादेखि हुम्म सडकखण्ड अवरुद्ध भएको हो। सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ सोमबार, असार १६, २०८२
वीरगञ्जमा सर्वोच्चको आदेशपछि मेयर सिंहले चलाए मेनरोडमा डोजर (तस्विरहरु) सोमबार, असार १६, २०८२
निकुञ्जमा जिप सफारी बन्द सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्