काठमाडौं– एक महिनाअघि रूसले युक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसंघको आइतबार सार्वजनिक तथ्यांकले देखाएको छ।
संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय यूएनएचसीआरले युद्ध सुरू भएदेखि ३८ लाख २१ हजार ४९ युक्रेनीहरू देशबाट भागेका तथ्यांक सर्वजनिक गरेको हो।
विदेशमा पलायन भएकामध्ये ९० प्रतिशत महिला तथा केटाकेटीहरू रहेका यूएनएचसीआरले जनाएको छ।
युक्रेनबाट भागेकामध्ये सबैभन्दा धेरै दुई लाख २० हजार छिमेकी पोल्याण्डमा पुगेका छन् भने ५० हजारभन्दा बढी रोमानिया पुगेका छन्। उनीहरूमध्ये झन्डै तीनलाखले रूसमा शरण लिएका बताइएको छ। एक महिनाअघि संकट सुरु हुनुभन्दा अघि यूरोपेली संघको सदस्य रहेको पोल्याण्डमा करिब १५ लाख युक्रेनीहरू बसोबास गर्दै आएका तथ्यांकमा उल्लेख छ।
फेब्रुअरी २४ मा आक्रमण हुनुभन्दा पहिले सरकारी नियन्त्रणमा रहेका क्षेत्रहरूमा बस्दै आएका कुल १० लाखभन्दा बढी मानिसहरूले अहिले आफ्नो घर छोडेर भागेका बताइएको छ। यसमा आन्तरिक रूपमा विस्थापित भएकामध्ये झन्डै छ लाख ५० हजार मानिसहरू पनि समावेश छन्
संयुक्त राष्ट्रसंघ बालकोष, युनिसेफले बिहीबार बताएअनुसार यूक्रेनमा रूसले आक्रमण सुरू गरेदेखि अहिलेसम्म भण्डै ४३ लाख बालबालिकाहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।
यसमध्ये झन्डै १५ लाख बालबालिका शरणार्थी बनेका छन् भने २५ लाख युद्धग्रस्त देशभित्र विस्थापित भएका बताइएको छ।
युद्धका कारण युक्रेनको जीवनस्तर खस्कँदै गए पनि दिनहुँ विदेशिनेको संख्या पछिल्लो हप्तामा प्रतिदिन एक लाख भन्दा कम र हालैका दिनहरूमा ५० हजार भन्दा कम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।