काठमाडौं– विकासविनाको राजनीति खोक्रो भाषण मात्रै हुने नेपाल सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
सुनसरीको सीमावर्ती कोशी गाउँपालिका–७ का निर्वाचित वडा अध्यक्ष रामचन्द्र मेहतासहित तीन सय ६५ जना सामूूहिक रुपमा नेपाली कांग्रेस प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाषणले मात्र देश नबन्ने बताएका हुन्।
सरकार देशको विकासका लागि पुँजी निर्माणमा लागेको उनले बताए। देशको विकास र समृद्धिका लागि पुँजी निर्माणमा सरकार लागि परेको र त्यसै अनुरुप एमसीसी परियोजना भित्र्याएको मन्त्री कार्कीको भनाइ थियो। एमसीसीले देशको विकास र आर्थिक समृद्धिमा योगदान गर्ने भएकाले संसदबाट पास गरेको उनले बताए। एमसीसी देशको हितमा रहेकाले कुनै पनि द्विविधामा नपर्नसमेत उनले आग्रह गरे।
तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित वडा अध्यक्ष मेहतासहित उक्त पार्टीका दुई सय २५१ नेता कार्यकता र अन्य पार्टीका ११४ गरी तीन सय ६५ जना हरिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका हुन्।
अहिले समृद्धिको बाटोमा लाग्ने समय आएको र भावी सन्ततिलाई विकसित देशको नागरिक बनाउने गहन जिम्मेबारीका साथ कांग्रेस अघि बढेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।