• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
किन हुँदैछ पारासिटामोल ६५० एमजी बनाउने निर्णयकाे विराेध? के भन्छन् चिकित्सक?
कमला गुरुङ सोमबार, चैत १४, २०७८  १०:०६
1140x725

काठमाडौं - औषधि सल्लाहकार समितिले चैत १० गते नेपालमा ६५० मिलिग्राम (एमजी) को पारासिटामोल ट्याबलेट दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गर्‍यो।

समितिको उक्त निर्णयपछि नेपालमा ६५० एमजीको पारासिटामोल बनाउन स्वदेशी उत्पादकलाई बाटो खुला भयो। तर यो निर्णयप्रति उपभोक्ता अधिकारकर्मी र फार्मेसीसँग सम्बन्धित सरोकारवालाले विरोध जनाएका छन्। 

 

उनीहरुको विरोध गर्नुको एउटै कारण छ, मूल्य बढाउन अध्ययन र परीक्षण बिना नै स्वदेशी उत्पादकको दबाबमा ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गर्नु। 

तर चिकित्सक तथा विज्ञहरु भने नेपालमा ६५० एमजीको पारासिटामोल आवश्यक भएको बताउँछन्। कतिपय बिरामीहरुमा ५०० एमजीको डोजले नपुग्ने उनीहरुले बताए।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवं वरिष्ठ चिकित्सक डा भगवान कोइराला नेपालमा ६५० एमजीको पारासिटामोल आवश्यक परेको बताउँछन्। हचुवाको भरमा नभई विज्ञानको आधारमा व्यक्तिको उमेर अनुसार पारासिटामोलको डोज दिनुपर्ने उनले बताए। सरकारले पारासिटामोलको डोजसँगै मूल्य बढाउन लागेको धेरैको बुझाई भएकाले पनि विरोध भएको हुन सक्ने उनको भनाई छ। सरकारले ६५० एमजीको पारासिटामोल बनाउन लाग्दा मूल्य भने नियन्त्रित अवस्थामा राख्नुपर्नेमा उनको जोड छ।

यता, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की पनि नेपालमा ६५० एमजीको पारासिटामोल आवश्यक भएको बताउँछन्। तर सरकारले ६५० एमजीको पारासिटामोल बनाउँदा मूल्यमा भने बिरामीलाइ मार नपर्ने गरी बनाउनुपर्ने बताए। 

नेपलीज एशोसिएसन अफ क्लिनिकल फर्मासिस्टका अध्यक्ष डा अनुपराज उप्रेती भने बिना कुनै क्लिनिकल ट्रायल ६५० एमजीको पारासिटामोल बनाउन नहुने बताउँछन्। ६५० एमजीको साटो ३२५ बनाउन उनको सुझाव छ। औषधि उत्पादकको दबाबमा मूल्य बढाउनका लागि सरकारले यो कदम चालेको उनको बुझाई छ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले विज्ञ सल्लाहकारहरुको रायको आधारमा ६५० एमजीको आवश्यकता भएको भन्दै दर्ता गर्ने निर्णय बताए। नयाँ दर्ता हुने पारासिटामोलको मूल्य अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा तोक्ने निर्णय भएको बताए।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा कोइराला, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, औषधि व्यवस्था विभागका सूचना अधिकारी केसी र नेप्लिज एशोसिएसन अफ क्लिनिकल फर्मासिस्टका अध्यक्ष डा उप्रेतीसँग हामीले थप कुराकानी गरेका छौँ:

वैज्ञानिक हिसाबले ६५० एमजी बनाउन मिल्छ: डा भगवान कोइराला

औषधि परामर्श समितिको बैठकमा हामीलाई पनि बोलाइएको थियो। हामी चिकित्सक सहित अन्य सरोकारवालाहरु पनि हुनुहुन्थ्यो। ६५० एमजीको पारासिटामोल बनाउन नहुने भन्ने होइन। २५०, ५००, ६५० एमजीको पनि पारासिटामोल बन्छ। यो प्याकेजिङ्गको विषय हो। तर यहाँ संवेदनशील देखिएको र बनाइएको विषय भनेको मूल्यको कुरा हो।

५०० एमजीको मूल्य सस्तो छ। तर ६५० एमजीको मूल्य अत्यधिक भयो भने भोलि समस्या हुन सक्छ। सबैको चिन्ता यही नै हो। त्यसैले विज्ञानलाई बंग्याउनुको आवश्यकता छैन। दर्ता गर्नुपर्ने कुरामा दुई मत छैन। एउटा ७० किलोको मान्छेले डेढ चक्की खाने की ६५० एमजीको एउटा चक्की खाने भन्ने प्रश्न न हो। त्यसमा खासै बहस गर्नुपर्ने विषय छैन। नयाँ आवरणमा मूल्य बढ्छ की भन्नेमै सरोकारवालाको चिन्ता हो, जुन जायज पनि छ। 

त्यसैले हामीले सरकारले मूल्य नियन्त्रण गर्ने सर्तमा ६५० एमजीको पारासिटामोल दर्ता गरे हुन्छ भन्ने राय दिएका हौँ। किनभने नयाँ मोलिक्युल बनाउने कुरा गल्ती होइन। किनभने ६०-७० किलोको मान्छेलाई ५०० एमजीले पुग्दैन। उनीहरुलाई डेढ चक्की खाऊँ भन्नु भन्दा ६५० एमजीको चक्की खानु भन्न चिकित्सकलाई पनि सजिलो भयो। वैज्ञानिक हिसाबले ६५० एमजी बनाउन मिल्छ। मोलिक्युल दर्ता भयो भने पछि हामीलाई नै सजिलो हुने हो। मूल्य नियन्त्रण नगरी दर्ता गर्न दिनु भने हुँदैन। 

५०० एमजीको उत्पादन घट्न पाउँदैन, ६५० एमजी थप्नु राम्रो हो र ६५० एमजीको मूल्य अनियन्त्रित हुन पाउँदैन भन्ने तीन सर्त राखेर हामीले ६५० एमजीको उत्पादन हुन पाउने भनेका हौँ। १० देखि २० मिलिग्राम पर किलो डोज आवश्यक पर्छ। यो भनेको ५० किलोको व्यक्तिलाई ५००, ६५ लाई ६५० र ७० किलोको व्यक्तिलाई ७ सय एमजीको आवश्यक पर्छ। 

६५० एमजीको पारासिटामोल आवश्यक छ : डा लोचन कार्की 
६५० एमजीको पारासिटामोल बनाउने विषयमा म मुख्य गरी दुई वटा कुरा देख्छु। एक, पारासिटामोलको मूल्य र अर्को यसको आवश्यकता।

यदी मूल्य बढाउनकै लागि ६५० एमजी बनाउन लागिएको हो भने यो अलि गलत हो। किनभने मूल्य बढाउनकै लागि ६५० एमजीको औषधि बनाउने भन्ने कुरा अलि हुँदैन। सरकारले यसको मूल्य मिलाएर गर्नुपर्छ। बरु त्यसमा एक दुई रुपैयाँ भन्दा पनि २५ पैसा या ५० पैसा बढाउन सक्छ। हाल भइरहेको विरोध पनि मूल्यकै विषयमा हो जस्तो मलाई लाग्छ। तर ६५० एमजीको पारासिटामोल आवश्यक छ/छैन भनेर मलाई सोध्नुभयो भने यसको जवाफ हो, आवश्यक छ। 

एउटा चिकित्सकको रुपमा भन्नु पर्दा नेपालमा ६५० एमजीको औषधिको आवश्यकता मैले देख्छु। किनभने सबै उमेर समूहका बिरामीलाई एउटै डोजको औषधिले काम गर्दैन। कतिपय बिरामीलाई हामीले ५०० एमजीको सिटामोलले काम नगर्दा एउटा र आधा खान सुझाव दिन्छौ। तर ६५० एमजीको औषधि आउँदा हामीलाई पनि बिरामीलाई भन्न सजिलो हुन्छ। कोभिडकै बेलामा पनि कतिपयलाई सिटामोलले काम नगर्दा फ्लेक्सन खान हामीले सुझाव दियौँ। तर ६५० एमजीको औषधि भएको भए सजिलो हुन्थ्यो। फेरी यसको अर्थ हामीले सबैलाई ६५० एमजीकै औषधि प्रयोग गर्छौ भन्ने हुँदैन। बिरामीको उमेर, आवश्यकता र अवस्था अनुसार हामीले डोज लेख्ने हो। 

६५० एमजीको औषधि बजारमा आइरहँदा ५०० एमजीको औषधि विस्थापित हुनु भएन। यसको गुणस्तर मापन हुनुपर्यो। किनभने ५०० एमजीको आवश्यकता पनि छ। किनभने एउटा उमेर समूहलाई ५०० एमजीले काम गर्छ भने अर्को उमेर समूहलाई ६५० एमजीको आवश्यकता पर्न सक्छ। त्यसैले मलाई यो विषयमा सोध्नुभयो भने म ६५० एमजीको औषधि आवश्यक छ भनेर नै भन्छु। हामीले पनि बिरामीलाई यतिकै औषधि त लेख्दैनौ। सबै हेरेर नै एमजीको सिफारिस गर्ने हो। 

अहिले भइरहेको विरोध भनेको एमजीको नभई मूल्य को हो जस्तो लाग्छ। तर विचार गर्नुपर्ने कुरा के छ भने यसमा औषधि व्यवस्था विभागले पनि यो विषयमा खुलेर कुरा गर्नुपर्छ। किनभने १० वर्ष अघि र अहिलेको मूल्य एउटै नहुन सक्छ। बिरामीलाई मार नपर्ने गरी विभागले मूल्य समायोजन गर्न सक्छ।

मूल्य बढाउन ६५० एमजीको बनाउने निर्णय भयो: डा अनुपराज उप्रेती

अहिले बजारमा ५०० एमजीको पारासिटामोल छ। तर औषधि व्यवस्था विभागले ६५० एमजी बनाउन पाउने निर्णय गर्यो। हुन चाँहि ३२५ देखि ६५० एमजीसम्मको डोज स्वीकृति प्राप्त नै हो। ५०० एमजीको पारासिटामोलको मूल्य हाल एक रुपैयाँ पर्छ। तर ६५० एमजीको बढाउँदा मूल्य पनि २/३ रुपैयाँ नै पर्न जान्छ। औषधि उत्पादकहरुले पहिलेदेखि नै पारासिटामोलको मूल्य बढाउन सरकालाई दबाब दिइरहेको थियो। त्यसैले कोभिड महामारीको बेलामा पनि पारासिटामोलको अभाव भएको थियो। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मूल्य बढाउन नसक्ने बताएको थियो। अहिले औषधि व्यवस्था विभागले ६५० एमजीको बनाउन दिने अनि मूल्य बढाउने भन्यो। जुन सरासर गलत हो।

६५० एमजीको ट्याबलेट पनि ठिकै होला। तर यसमा क्लिनीकल ट्रायल गरिनुपर्ने हो। बिना कुनै क्लिनीकल ट्रायल मूल्य बढाउनका लागि ६५० एमजी बनाउने विषयमा हाम्रो विरोध हो। ६५० एमजीको किन बनाउने? बनाउने नै हो भने ३२५ एमजीको बनाउन सकिन्छ। किनभने वृद्धहरुमा ३२५ एमजीको पारासिटामोल राम्रो हुन्छ। किनभने उनीहरुको कलेजो सानो भइसकेको हुन्छ। ३२५ एमजीको बनायो भने ६५० एजमीको आवश्यक पर्नेलाई डबल डोज दिए भइहाल्छ। 

की ३२५ एमजीको बनाउनुपर्यो की ५०० एमजीको गुणस्तर राम्रो बनाउनुपर्यो। किनभने बिरामीहरुमा ५०० एमजीले खासै काम गरेको देखिँदैन। नेपाल औषधि लिमिटेडले बनाउने ५०० एमजीको सिटामोलले राम्रो नै काम गर्छ। तर अरु कम्पनीको ५०० एमजीको पारासिटामोलले ज्वरो घटाएको पाइँदैन। यो चाँही समस्या नै छ। किनभने गुणस्तर हेरिएको छैन। मात्र प्रयोगशालाको भरमा परीक्षण गरिरहेको छ। बिरामीलाई के भइरहेको छ भन्ने कुरामा कसैको ध्यान गएको छैन। 

औषधि व्यवस्था विभागले ५०० एमजीको औषधिले काम गरेन त्यही भएर ६५० एमजीको बनाउन लागेको भन्ने चाँही हुँदैन। अरु देशमा काम गर्ने यहाँ नगर्ने भन्ने हुँदैन। ६५० एमजीको बनाइरहँदा कतिपय बिरामीले नबुझी खान पनि सक्छ। तर त्यस्तो गर्नु हुँदैन। बिरामीले चिकित्सकको सुझाव अनुसार मात्र खानुपर्छ। 

समानुपातिक हिसाबले मूल्य समायोजन हुन्छ: सन्तोष केसी

पारासिटामोल विभिन्न रुपमा उपलब्ध हुन्छ। औषधि सल्लाहकार समितिको बैठकमा पनि सबै विज्ञ सल्लाहकारहरुले पारासिटामोल ६५० एमजीको चाहिन्छ भन्ने महसुस भएर दर्ता गर्ने निर्णय भएको हो। मूल्यको सम्बन्धमा छुट्टै बढाउने भन्ने होइन। समानुपातिक हिसाबले ५०० एमजीको हाराहारी र अन्तर्राष्टिय सन्दर्भ सूची हेरेर तय गर्ने भन्ने सहमति भएको हो। 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
वीरगञ्जमा सर्वोच्चको आदेशपछि मेयर सिंहले चलाए मेनरोडमा डोजर (तस्विरहरु)
निकुञ्जमा जिप सफारी बन्द
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
सम्बन्धित सामग्री
वीरगञ्जमा सर्वोच्चको आदेशपछि मेयर सिंहले चलाए मेनरोडमा डोजर (तस्विरहरु) मेयर राजेशमान सिंहको नेतृत्वमा डोजरसहितको टोलीले वीरगञ्जको मेनरोड खण्डमा अवरोध हटाउने कार्य तीव्र रूपमा अघि बढाएको छ। सोमबार, असार १६, २०८२
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध आज बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गतको कालीकोटको गगनेखोलादेखि हुम्म सडकखण्ड अवरुद्ध भएको हो। सोमबार, असार १६, २०८२
भारी वर्षाका कारण कञ्चनपुरमा ‘रेड अलर्ट’ पछिल्लो २४ घण्टामा शान्तिपुर बेलौरी स्टेसनमा २६४.६ मिलिमिटर वर्ष मापन भएको छ। त्यस्तै, कृष्णपुर स्टेसनमा १८४ मिलिमिटर वर्षा मापन भएक... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
वीरगञ्जमा सर्वोच्चको आदेशपछि मेयर सिंहले चलाए मेनरोडमा डोजर (तस्विरहरु) सोमबार, असार १६, २०८२
निकुञ्जमा जिप सफारी बन्द सोमबार, असार १६, २०८२
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध सोमबार, असार १६, २०८२
भारी वर्षाका कारण कञ्चनपुरमा ‘रेड अलर्ट’ सोमबार, असार १६, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार, असार १५, २०८२
प्रसिद्धको शतक र विपिनको ६ विकेटसँगै नेपाल सेमिफाइनलमा आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्