• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

किन हुँदैछ पारासिटामोल ६५० एमजी बनाउने निर्णयकाे विराेध? के भन्छन् चिकित्सक?

कमला गुरुङ सोमबार, चैत १४, २०७८  १०:०६
1140x725

काठमाडौं - औषधि सल्लाहकार समितिले चैत १० गते नेपालमा ६५० मिलिग्राम (एमजी) को पारासिटामोल ट्याबलेट दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गर्‍यो।

समितिको उक्त निर्णयपछि नेपालमा ६५० एमजीको पारासिटामोल बनाउन स्वदेशी उत्पादकलाई बाटो खुला भयो। तर यो निर्णयप्रति उपभोक्ता अधिकारकर्मी र फार्मेसीसँग सम्बन्धित सरोकारवालाले विरोध जनाएका छन्। 

 

उनीहरुको विरोध गर्नुको एउटै कारण छ, मूल्य बढाउन अध्ययन र परीक्षण बिना नै स्वदेशी उत्पादकको दबाबमा ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गर्नु। 

तर चिकित्सक तथा विज्ञहरु भने नेपालमा ६५० एमजीको पारासिटामोल आवश्यक भएको बताउँछन्। कतिपय बिरामीहरुमा ५०० एमजीको डोजले नपुग्ने उनीहरुले बताए।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवं वरिष्ठ चिकित्सक डा भगवान कोइराला नेपालमा ६५० एमजीको पारासिटामोल आवश्यक परेको बताउँछन्। हचुवाको भरमा नभई विज्ञानको आधारमा व्यक्तिको उमेर अनुसार पारासिटामोलको डोज दिनुपर्ने उनले बताए। सरकारले पारासिटामोलको डोजसँगै मूल्य बढाउन लागेको धेरैको बुझाई भएकाले पनि विरोध भएको हुन सक्ने उनको भनाई छ। सरकारले ६५० एमजीको पारासिटामोल बनाउन लाग्दा मूल्य भने नियन्त्रित अवस्थामा राख्नुपर्नेमा उनको जोड छ।

यता, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की पनि नेपालमा ६५० एमजीको पारासिटामोल आवश्यक भएको बताउँछन्। तर सरकारले ६५० एमजीको पारासिटामोल बनाउँदा मूल्यमा भने बिरामीलाइ मार नपर्ने गरी बनाउनुपर्ने बताए। 

नेपलीज एशोसिएसन अफ क्लिनिकल फर्मासिस्टका अध्यक्ष डा अनुपराज उप्रेती भने बिना कुनै क्लिनिकल ट्रायल ६५० एमजीको पारासिटामोल बनाउन नहुने बताउँछन्। ६५० एमजीको साटो ३२५ बनाउन उनको सुझाव छ। औषधि उत्पादकको दबाबमा मूल्य बढाउनका लागि सरकारले यो कदम चालेको उनको बुझाई छ।

Ncell 2
Ncell 2

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले विज्ञ सल्लाहकारहरुको रायको आधारमा ६५० एमजीको आवश्यकता भएको भन्दै दर्ता गर्ने निर्णय बताए। नयाँ दर्ता हुने पारासिटामोलको मूल्य अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा तोक्ने निर्णय भएको बताए।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा कोइराला, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, औषधि व्यवस्था विभागका सूचना अधिकारी केसी र नेप्लिज एशोसिएसन अफ क्लिनिकल फर्मासिस्टका अध्यक्ष डा उप्रेतीसँग हामीले थप कुराकानी गरेका छौँ:

वैज्ञानिक हिसाबले ६५० एमजी बनाउन मिल्छ: डा भगवान कोइराला

औषधि परामर्श समितिको बैठकमा हामीलाई पनि बोलाइएको थियो। हामी चिकित्सक सहित अन्य सरोकारवालाहरु पनि हुनुहुन्थ्यो। ६५० एमजीको पारासिटामोल बनाउन नहुने भन्ने होइन। २५०, ५००, ६५० एमजीको पनि पारासिटामोल बन्छ। यो प्याकेजिङ्गको विषय हो। तर यहाँ संवेदनशील देखिएको र बनाइएको विषय भनेको मूल्यको कुरा हो।

५०० एमजीको मूल्य सस्तो छ। तर ६५० एमजीको मूल्य अत्यधिक भयो भने भोलि समस्या हुन सक्छ। सबैको चिन्ता यही नै हो। त्यसैले विज्ञानलाई बंग्याउनुको आवश्यकता छैन। दर्ता गर्नुपर्ने कुरामा दुई मत छैन। एउटा ७० किलोको मान्छेले डेढ चक्की खाने की ६५० एमजीको एउटा चक्की खाने भन्ने प्रश्न न हो। त्यसमा खासै बहस गर्नुपर्ने विषय छैन। नयाँ आवरणमा मूल्य बढ्छ की भन्नेमै सरोकारवालाको चिन्ता हो, जुन जायज पनि छ। 

त्यसैले हामीले सरकारले मूल्य नियन्त्रण गर्ने सर्तमा ६५० एमजीको पारासिटामोल दर्ता गरे हुन्छ भन्ने राय दिएका हौँ। किनभने नयाँ मोलिक्युल बनाउने कुरा गल्ती होइन। किनभने ६०-७० किलोको मान्छेलाई ५०० एमजीले पुग्दैन। उनीहरुलाई डेढ चक्की खाऊँ भन्नु भन्दा ६५० एमजीको चक्की खानु भन्न चिकित्सकलाई पनि सजिलो भयो। वैज्ञानिक हिसाबले ६५० एमजी बनाउन मिल्छ। मोलिक्युल दर्ता भयो भने पछि हामीलाई नै सजिलो हुने हो। मूल्य नियन्त्रण नगरी दर्ता गर्न दिनु भने हुँदैन। 

५०० एमजीको उत्पादन घट्न पाउँदैन, ६५० एमजी थप्नु राम्रो हो र ६५० एमजीको मूल्य अनियन्त्रित हुन पाउँदैन भन्ने तीन सर्त राखेर हामीले ६५० एमजीको उत्पादन हुन पाउने भनेका हौँ। १० देखि २० मिलिग्राम पर किलो डोज आवश्यक पर्छ। यो भनेको ५० किलोको व्यक्तिलाई ५००, ६५ लाई ६५० र ७० किलोको व्यक्तिलाई ७ सय एमजीको आवश्यक पर्छ। 

६५० एमजीको पारासिटामोल आवश्यक छ : डा लोचन कार्की 
६५० एमजीको पारासिटामोल बनाउने विषयमा म मुख्य गरी दुई वटा कुरा देख्छु। एक, पारासिटामोलको मूल्य र अर्को यसको आवश्यकता।

यदी मूल्य बढाउनकै लागि ६५० एमजी बनाउन लागिएको हो भने यो अलि गलत हो। किनभने मूल्य बढाउनकै लागि ६५० एमजीको औषधि बनाउने भन्ने कुरा अलि हुँदैन। सरकारले यसको मूल्य मिलाएर गर्नुपर्छ। बरु त्यसमा एक दुई रुपैयाँ भन्दा पनि २५ पैसा या ५० पैसा बढाउन सक्छ। हाल भइरहेको विरोध पनि मूल्यकै विषयमा हो जस्तो मलाई लाग्छ। तर ६५० एमजीको पारासिटामोल आवश्यक छ/छैन भनेर मलाई सोध्नुभयो भने यसको जवाफ हो, आवश्यक छ। 

एउटा चिकित्सकको रुपमा भन्नु पर्दा नेपालमा ६५० एमजीको औषधिको आवश्यकता मैले देख्छु। किनभने सबै उमेर समूहका बिरामीलाई एउटै डोजको औषधिले काम गर्दैन। कतिपय बिरामीलाई हामीले ५०० एमजीको सिटामोलले काम नगर्दा एउटा र आधा खान सुझाव दिन्छौ। तर ६५० एमजीको औषधि आउँदा हामीलाई पनि बिरामीलाई भन्न सजिलो हुन्छ। कोभिडकै बेलामा पनि कतिपयलाई सिटामोलले काम नगर्दा फ्लेक्सन खान हामीले सुझाव दियौँ। तर ६५० एमजीको औषधि भएको भए सजिलो हुन्थ्यो। फेरी यसको अर्थ हामीले सबैलाई ६५० एमजीकै औषधि प्रयोग गर्छौ भन्ने हुँदैन। बिरामीको उमेर, आवश्यकता र अवस्था अनुसार हामीले डोज लेख्ने हो। 

६५० एमजीको औषधि बजारमा आइरहँदा ५०० एमजीको औषधि विस्थापित हुनु भएन। यसको गुणस्तर मापन हुनुपर्यो। किनभने ५०० एमजीको आवश्यकता पनि छ। किनभने एउटा उमेर समूहलाई ५०० एमजीले काम गर्छ भने अर्को उमेर समूहलाई ६५० एमजीको आवश्यकता पर्न सक्छ। त्यसैले मलाई यो विषयमा सोध्नुभयो भने म ६५० एमजीको औषधि आवश्यक छ भनेर नै भन्छु। हामीले पनि बिरामीलाई यतिकै औषधि त लेख्दैनौ। सबै हेरेर नै एमजीको सिफारिस गर्ने हो। 

अहिले भइरहेको विरोध भनेको एमजीको नभई मूल्य को हो जस्तो लाग्छ। तर विचार गर्नुपर्ने कुरा के छ भने यसमा औषधि व्यवस्था विभागले पनि यो विषयमा खुलेर कुरा गर्नुपर्छ। किनभने १० वर्ष अघि र अहिलेको मूल्य एउटै नहुन सक्छ। बिरामीलाई मार नपर्ने गरी विभागले मूल्य समायोजन गर्न सक्छ।

मूल्य बढाउन ६५० एमजीको बनाउने निर्णय भयो: डा अनुपराज उप्रेती

अहिले बजारमा ५०० एमजीको पारासिटामोल छ। तर औषधि व्यवस्था विभागले ६५० एमजी बनाउन पाउने निर्णय गर्यो। हुन चाँहि ३२५ देखि ६५० एमजीसम्मको डोज स्वीकृति प्राप्त नै हो। ५०० एमजीको पारासिटामोलको मूल्य हाल एक रुपैयाँ पर्छ। तर ६५० एमजीको बढाउँदा मूल्य पनि २/३ रुपैयाँ नै पर्न जान्छ। औषधि उत्पादकहरुले पहिलेदेखि नै पारासिटामोलको मूल्य बढाउन सरकालाई दबाब दिइरहेको थियो। त्यसैले कोभिड महामारीको बेलामा पनि पारासिटामोलको अभाव भएको थियो। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मूल्य बढाउन नसक्ने बताएको थियो। अहिले औषधि व्यवस्था विभागले ६५० एमजीको बनाउन दिने अनि मूल्य बढाउने भन्यो। जुन सरासर गलत हो।

६५० एमजीको ट्याबलेट पनि ठिकै होला। तर यसमा क्लिनीकल ट्रायल गरिनुपर्ने हो। बिना कुनै क्लिनीकल ट्रायल मूल्य बढाउनका लागि ६५० एमजी बनाउने विषयमा हाम्रो विरोध हो। ६५० एमजीको किन बनाउने? बनाउने नै हो भने ३२५ एमजीको बनाउन सकिन्छ। किनभने वृद्धहरुमा ३२५ एमजीको पारासिटामोल राम्रो हुन्छ। किनभने उनीहरुको कलेजो सानो भइसकेको हुन्छ। ३२५ एमजीको बनायो भने ६५० एजमीको आवश्यक पर्नेलाई डबल डोज दिए भइहाल्छ। 

की ३२५ एमजीको बनाउनुपर्यो की ५०० एमजीको गुणस्तर राम्रो बनाउनुपर्यो। किनभने बिरामीहरुमा ५०० एमजीले खासै काम गरेको देखिँदैन। नेपाल औषधि लिमिटेडले बनाउने ५०० एमजीको सिटामोलले राम्रो नै काम गर्छ। तर अरु कम्पनीको ५०० एमजीको पारासिटामोलले ज्वरो घटाएको पाइँदैन। यो चाँही समस्या नै छ। किनभने गुणस्तर हेरिएको छैन। मात्र प्रयोगशालाको भरमा परीक्षण गरिरहेको छ। बिरामीलाई के भइरहेको छ भन्ने कुरामा कसैको ध्यान गएको छैन। 

औषधि व्यवस्था विभागले ५०० एमजीको औषधिले काम गरेन त्यही भएर ६५० एमजीको बनाउन लागेको भन्ने चाँही हुँदैन। अरु देशमा काम गर्ने यहाँ नगर्ने भन्ने हुँदैन। ६५० एमजीको बनाइरहँदा कतिपय बिरामीले नबुझी खान पनि सक्छ। तर त्यस्तो गर्नु हुँदैन। बिरामीले चिकित्सकको सुझाव अनुसार मात्र खानुपर्छ। 

समानुपातिक हिसाबले मूल्य समायोजन हुन्छ: सन्तोष केसी

पारासिटामोल विभिन्न रुपमा उपलब्ध हुन्छ। औषधि सल्लाहकार समितिको बैठकमा पनि सबै विज्ञ सल्लाहकारहरुले पारासिटामोल ६५० एमजीको चाहिन्छ भन्ने महसुस भएर दर्ता गर्ने निर्णय भएको हो। मूल्यको सम्बन्धमा छुट्टै बढाउने भन्ने होइन। समानुपातिक हिसाबले ५०० एमजीको हाराहारी र अन्तर्राष्टिय सन्दर्भ सूची हेरेर तय गर्ने भन्ने सहमति भएको हो। 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित
इंग्ल्यान्डविरुद्ध खराब सुरुवात, ६ ओभरमा दुई विकेट पतन, दुवै ओपनरलाई गुमायो
नेपाललाई पहिलो झड्का, आशिफको विकेट पतन
सम्बन्धित सामग्री
वन मन्त्री चौलागाईंले भने : ‘कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ’ नेपालका बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रिय जलवायु सम्झौता अन्तर्गतका प्रावधान, विशेष गरी पेरिस सम्झौताअन्तर्गतको धारा ६, तथा... आइतबार, माघ २५, २०८२
बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहति... आइतबार, माघ २५, २०८२
काठमाडौंको वायु प्रदूषण बढ्यो- विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा “औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार ९क्रस बोर्डर० प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ”, उ... आइतबार, माघ २५, २०८२
ताजा समाचारसबै
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
इंग्ल्यान्डविरुद्ध खराब सुरुवात, ६ ओभरमा दुई विकेट पतन, दुवै ओपनरलाई गुमायो आइतबार, माघ २५, २०८२
नेपाललाई पहिलो झड्का, आशिफको विकेट पतन आइतबार, माघ २५, २०८२
टी–२० विश्वकप इंग्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य आइतबार, माघ २५, २०८२
अर्धशतक प्रहार गरेका जेकब बेथेलको विकेट ऐरीले लिए आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्