महन्थ ठाकर। फाइल तस्बिर
काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टी कार्यकारिणी समितिको बैठक बोलाएका छन्।
अध्यक्ष ठाकुरले चैत १६ गते दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेका हुन्।
केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन भनिएको बैठकको अजेण्डा भने खुलाइएको छैन।
स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा अन्य दलहरुले चुनाव केन्द्रित गतिविधि बढाए पनि लोसपा भने त्यति सक्रियता देखाएको छैन।
सत्तारुढ गठबन्धनका दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव केन्द्रित छलफल र गतिविधि बढाएका छन्। यसबीच विभिन्न दलका नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गर्ने र अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ।
लोसपाकै केन्द्रीय सदस्य विजयकुमार यादव सत्तारुढ गठबन्धनको दल नेपाली कांग्रेस प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।