• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आयोगको निर्णयप्रति एमालेको संस्थागत निर्णय- निर्वाचन चिह्नको रङ र मनोनयनको समय दल विशेषलाई अनुकूल बनाउन

64x64
नेपाल लाइभ आइतबार, चैत १३, २०७८  १८:१२
1140x725

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही समययता निर्वाचन आयोगका निर्णयलाई लिएर व्यक्त गरिरहेको असन्तुष्टिलाई नेकपा एमालेले संस्थागत गरेको छ। आइतबार बसेको स्थायी कमिटीको पहिलो बैठकबाट उसले आयोगको दुई निर्णयलाई लिएर ध्यानाकर्षण भएको बताएको हो।

'आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा भइसकेको र निर्वाचन तालिका समेत प्रकाशित भइसकेको सन्दर्भमा भइरहेका केही निर्णय र चालिएका कदमप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ', बैठकले पारित गरेको समसामयिक प्रस्ताव सुनाउँदै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने।

राजनीतिक दलसँग कुनै परामर्श नगरी र बिनाकुनै औचित्य निर्वाचन आयोगले मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय दिने निर्णय गरेको उनले बताए।

'यो निर्णय सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी गरिएको छ भन्ने स्पष्ट छ। तसर्थ निर्वाचन आयोगको यो निर्णय अनुचित छ। यसलाई तत्काल सच्याउन हाम्रो पार्टी माग गर्दछ', उनले भने।

बैठकको सुरुवातमा बोल्दै अध्यक्ष ओलीले पनि असन्तुष्टि व्यक्त गरेका थिए। उनले निर्वाचन रङको चिह्न बदल्ने कुरा सहज र सामान्य नभएको बताएका थिए।

'निर्वाचन आयोगले विभिन्न विषयमा समय–समयमा दलहरुसँग परामर्श गर्ने गर्छ। तर, महत्त्वपूर्ण विषयमा परामर्श गर्नु नपर्ने, अरु अनावश्यक विषयमा परामर्श गर्नुपर्ने भन्ने कुरा होइन। त्यसकारणले रङ बदल्ने निर्णय परामर्श नगरीकन गर्‍यो, उनले भने।

ओलीले रङ बदल्ने कुरा एउटा दल विशेषलाई, सत्ता धारी दललाई फाइदा पुग्ने गरी गरिएको आरोप लगाए। 'पहिले प्रचलित रङ परिवर्तनका लागि दलहरुको सहमति अनिवार्य हुन्छ निर्वाचनमा', उनले भने।

उनले नेकपा एमाले विगतमा पनि निर्वाचन आयोगबाट पीडित भएको भन्दै अब यस प्रकारका काम नहुन् भन्ने आफूहरुको अपेक्षा रहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

ओलीले विगत केही दिनयता आयोगका तीन निर्णयलाई लिएर सार्वजनिक कार्यक्रमहरुमै आक्रोश व्यक्त गर्ने गरिरहेका छन्। पहिलो, निर्वाचन चिह्न हरियो बनाउने निर्णय। दोस्रो, उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि दिइएको दुई दिनको समय। तेस्रो, उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै (जनप्रतिनिधि भएमा) स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था।

निर्वाचन चिह्नको रङ हरियो गर्ने निर्णय कांग्रेसलाई सहयोग पुर्‍याउने उद्देश्यबाट प्रेरित छ भन्ने उनको भनाइ पाइन्छ। गत सोमबारको एमाले पोलिटब्युरो बैठकमा उनले यो विषयमा आयोग र गठबन्धनका दलहरुबीच साँठगाँठ भएको ठोकुवा गरेका थिए। 

उम्मेदवारको मनोनयनका लागि दिइएको दुई दिनको समय (वैशाख ११ र १२) प्रति पनि ओलीको आपत्ति छ। अघिल्लो आइतबार इलाममा सम्बोधन गर्दै उनले भनेका थिए- 'दुई दिन किन चाहियो? पाँच दलीय गठबन्धनमा खटपट गरेर एक दिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ। भोलिपल्ट पनि राखिदियो। पहिले पहिले तपाईंहरुले थाहा पाउनुभएको छ, सुन्नुभएको छ, देख्नुभएको छ दुई दिन मनोनयनका लागि दिएको? मनोनयन एकै दिन हुन्छ, जहाँ पनि। विश्वभरि मनोनयन एकै दिन हुन्छ। नेपालमा दुई दिन मनोनयन। पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो?'

आयोगले आचारसंहितामा राखेको उम्मेदवार मनोनयनअघि पदाधिकारीले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति पनि ओली आक्रामक छन्। स्थानीय तहमा आफूहरुको बर्चस्व भएकाले यस्तो व्यवस्था राखिएको ओलीको बुझाइ छ।

'यसमा सोझै देखिन्छ, केन्द्र र प्रदेशहरुमा गठबन्धन सरकार छँदैछ। त्यसैले त्यहाँ राजीनामा गरिरहनु नपर्ने भयो। तर, स्थानीय तहमा गठबन्धनको बर्चस्व छैन भन्ने उहाँहरुलाई लाग्यो। त्यसकारण त्यो रिक्त गर्नुपर्छ र पदमा रहे अनुसार नै जान दिनुहुँदैन। स्थानीय तहको सरकारको कार्यकारिणीलाई रिक्त गर्नुपर्ने योभन्दा अर्को कुनै तात्विक अर्थ, आवश्यकता वा औचित्य कतैबाट पुष्टि हुनै सक्दैन', सोमबारको पोलिटब्युरो बैठकमा ओलीले भनेका थिए।

यसरी ओलीले विभिन्न ठाउँमा बोल्दै आएका र आयोगप्रति आशंका गर्दै आएका विषयलाई स्थायी कमिटीले पनि ग्रहण गर्दै आयोगप्रति प्रश्न उठाएको हो। आयोगले भने आफ्ना निर्णयको बचाउ गर्दै आएको छ। रङकै कुरामा पनि उसले प्राविधिक कारणले सो निर्णय गर्नुपरेको बताउने गरेको छ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार फिल्डमा भन्दा फेसबूकमा धेरै लाग्यो : कांग्रेस
राहत लिएर आइपुग्यो अमेरिकी सेनाको जहाज
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित
सम्बन्धित सामग्री
सरकार फिल्डमा भन्दा फेसबूकमा धेरै लाग्यो : कांग्रेस बुधबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा उनले सरकारले समयमै नागरिकको ज्यान बचाउन नसकेको बताएका हुन् । बुधबार, भदौ १७, २०८३
दैवी उद्धार कोषमा ७ अर्ब ८८ करोड बढी जम्मा : प्रधानमन्त्री भदौ १७ गते बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापनका लागि कोषको मौज्दात र निकासा सम्बन्धी विवरण सार्... बुधबार, भदौ १७, २०८३
‘बाढीले सिङ्गो नेपालको छातीमा बज्रपात गरेको छ, बिलौना गर्ने समय छैन’ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठकमा बोल्दै बाढीपछि मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय नभएको बताएका हुन्। बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
सरकार फिल्डमा भन्दा फेसबूकमा धेरै लाग्यो : कांग्रेस बुधबार, भदौ १७, २०८३
राहत लिएर आइपुग्यो अमेरिकी सेनाको जहाज बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित बुधबार, भदौ १७, २०८३
दैवी उद्धार कोषमा ७ अर्ब ८८ करोड बढी जम्मा : प्रधानमन्त्री बुधबार, भदौ १७, २०८३
‘बाढीले सिङ्गो नेपालको छातीमा बज्रपात गरेको छ, बिलौना गर्ने समय छैन’ : प्रधानमन्त्री शाह बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्