काठमाडौं– रूसले अजरबैजानमाथि नागार्नो-काराबाख मा रूसी शान्ति सेनाको नियन्त्रण रहेको क्षेत्रमा दखल दिएको आरोप लगाएको छ।
सन् २०२० मा अर्मेनिया र अजरबैजानबीच युद्ध भएपछि रुसले नै शान्ति सम्झौता गराएको थियो। शान्ति सम्झौतापछि रुसले त्यहाँ शान्ति सेना खटाएको थियो।
अर्मनिया र अजरबैजानबीच शान्ति सम्झौता भएपछि रुसले पहिलोपटक सम्झौता उल्लंघन भएको आरोप लगाएको हो।
रुसी रक्षा मन्त्रालयले अजरबैजामाथि तुर्की निर्मित ड्रोनको माध्यमबाट काराबाख क्षेत्रमा शान्ति सैनिकमाथि हमला गरेको आरोप पनि लगाएको छ।
काराबाख क्षेत्रमा बढिरहेको तनावलाई लिएर रुसले चिन्ता समेत व्यक्त गरेको छ। अजरबैजानको रक्षा मन्त्रालयले भने रुसको तर्फबाट जारी गरिएको एकतर्फी बयानप्रति दु:ख व्यक्त गरेको छ। रुसको बयानमा पूर्ण सत्य उल्लेख नगरिएको अजरबैजान भनाइ छ।
अजरबैजानको दाबी छ कि उसको तर्फबाट युद्ध विरामको कुनै पनि शर्तको उल्लंघन गरिएको छैन। समाचार संस्था एएफपीका अनुसार रुस र अजरबैजानका रक्षा मन्त्रीहरुले यस क्षेत्रको स्थितिबारे चर्चा गरेका छन्।
अजरबैजानले अर्मेनियामाथि काराबाखबाट सैनिक हटाउन असफल रहेको तथा उक्साउने खालको कारबाही गरेको आरोप लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।