काठमाडौं– भारतीय राजनीतिक विश्लेषक शुख देव (एसडी) मुनिले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा दिल्लीलाई धन्यवाद दिन भारत भ्रमणमा आउन लागेको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसमा 'सांगठनिक नियन्त्रण' पुनः प्राप्त गर्नका लागि सहयोग गरेकोमा दिल्लीलाई धन्यवाद दिन देउवा भारत आउन लागेका मुनिको भनाइ छ।
मुनिले ट्विट गर्दै भनेका छन्– 'प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको अनभिव्यक्त सन्देश व्यक्तिगत–राजनीति हो, नेपाली कांग्रेसमा सांगठनिक नियन्त्रण पुनः प्राप्त गर्नका लागि सहयोग गरेकोमा दिल्लीलाई धन्यवाद दिनु छ। उनले नेपालको संसदीय निर्वाचनमा पनि भारतको निरन्तर सहयोग खोज्नुपर्नेछ।'
प्रधानमन्त्री देउवा चैत १८ गते भारतको औपचारिक भ्रमणमा जान लागेका छन्। भ्रमणका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।