काठमाडौं- नेपाली कांग्रेसका प्रदेश समितिका सभापतिहरू केन्द्रीय समितिका स्थायी आमन्त्रित सदस्य हुने भएका छन्। केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकले यस्तो निर्णय गर्ने जानकारी उपसभापति पूर्णबहादुर खड्काले दिने भएका छन्।
प्रदेश १ का उपसभापति उद्धव थापाले उक्त निर्णय गर्ने जानकारी पाएको बताएका हुन्। उनले भने, 'यसअघि हामीले दुईपटक माग राखेका थियौं। यसपल्ट उक्त माग सम्बोधन गर्न तयार रहेको उपसभापति खड्काले जानकारी दिनुभएको छ।'
विधानमा पदेन सदस्य रहने भनिएकाले आफूहरुले कुन हैसियतमा केन्द्रीय समितिमा बोलाइएको भनेर प्रश्न गर्दा उक्त उत्तर पाएको थापाले बताए। यसैगरी, प्रदेशको लेबी प्रदेशले नै पाउने निर्णय गर्ने तयारी पनि बैठकको छ। बैठक केही दिन जारी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।