तस्बिर: सुरज मिश्रको फेसबूकबाट
काठमाडौं– सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३२ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।
पर्साको वीरगञ्जबाट धनुषाको जनकपुरधाम जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस सर्लाहीको लालबन्दी नगरपालिकाअन्तर्गतको फूलजोर पुलमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव प्रसाद बुढाथोकीका अनुसार बस फूलजोर पुलबाट खोलामा खसेको छ।
'बस पुलबाट खोलामा खसेको छ। दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ,' डीएसपी बुढाथोकीले नेपाल लाइभसँग भने।
दुर्घटनामा घाइते भएका सबैको उद्धार भइसकेको डीएसपी बुढाथोकीले जानकारी दिए। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।