काठमाडौं– चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।विदेशमन्त्री याङयीसँगको भेटमा अध्यक्ष प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठसमेत सहभागी छन्।
यसअघि विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।
यसअघि चिनियाँ विदेशमन्त्री वाङले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए।
नेपाली समकक्षी नारायण खड्कासँग छलफल पछि विभिन्न ९ वटा समझदारी पत्रमा दुई देशले हस्ताक्षर गरेका थिए।
विदेशमन्त्रीको टोली तीन दिने नेपाल भ्रमण सकेर आजै साँझ स्वदेश फर्कँदै छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।