काठमाडौं– आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ।
अघिल्लो कारोबार दिन गत बिहीबार १६.६९ अंक घटेर २६१३.६७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ९.५३ अंक बढेर २६२३.२० विन्दुमा पुगेको छ। आजको सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.५६ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १४ कम्पनीको ५१ लाख ८९ हजार ३८५ रुपैयाँ ५९ पैसा बराबरको ५ हजार ८४३ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।