काठमाडौं– प्रदेश १ को प्रदेश सभा बैठक आज पनि बस्दै छ। प्रदेश सभा भवन विराटनगरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
आजको बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ। विद्येयकमाथि गएको बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए।
देशका ६ वटा प्रदेशले प्रदेशको राजधानी र नाम टुंगो लगाए पनि प्रदेश १ को संसदले अझै प्रदेशको नाम र राजधानी टुंगो लगाउन सकेको छैन। बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउन दबाब दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।