काठमाडौं– गत साता नेप्से परिसूचक साढे १७ अंक घटेको छ। अघिल्लो साता २६३१.२५ विन्दुमा रहेको नेप्से परिसूचक, गत साता १७.५८ अंक (०.६७ प्रतिशत) घटेर २६१३.६७ विन्दुमा बन्द भएको छ।
यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २७०५.९६ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा २५३५.४८ विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता पनि नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै करेक्सन जोनमा रहेको संकेत गर्दछ। यद्यपि, यी दुईबीचको दूरी घट्दो क्रममा रहेको छ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। जसले बजार उकालो लाग्ने संकेत गर्दछ।
साताको अन्तिम कारोबार दिन नेप्सेले बियरिस मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा बिक्री चाप बढी रहेको संकेत गर्दछ। गत साता नेप्सेले स्पिनिङ टप मैनबत्ती बनाएको छ। जसले सो साता लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।
त्यसैगरी, गत साता नेप्सेसँगै भोल्युम पनि घटेको छ। गत साता दैनिक औषतमा २ अर्ब ५३ करोडको सेयर खरिदबिक्री भएको छ। नेप्से २० दिने औषत भोल्यूम २ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम १४.४० प्रतिशत कम हो।
गत साता १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। गत साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशत बढेको थियो भने निर्जीवन बीमा उपसमूहको १०५.१० अंक बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।