काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आज (आइतबार) बस्दैछ।
बैठक आइतबार अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा बैठक बस्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।
बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीले पारित गरेका अजेन्डामा छलफल रिजालले जानकारी दिए। बैठक स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने उनको भनाइ छ।
निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टीलाई निर्वाचनमा परिचालन गर्ने योजना बैठकबाट तय गरिने उनको भनाइ छ।
एमाले स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।