काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स (आईसीजे)को आयुक्तमा पुनःनिर्वाचित भएका छन्।
आईसीजे न्यायाधीश, संविधानविद् तथा कानुनविद्हरुको अन्तर्राष्ट्रिय संस्था हो।
यही मार्चमा भएको निर्वाचनमा श्रेष्ठ दोस्रो कार्यकालका निर्वाचित भएका हुन्। श्रेष्ठ २०७३ पुसमा पहिलोपटक आईसीजेको आयुक्तमा निर्वाचित भएका थिए।
आईसीजे आयुक्तको कार्यकाल ५ वर्षको हुन्छ। स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको आईसीजे सन् १९५२ मा स्थापित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।