फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो भारत भ्रमणका क्रममा धार्मिक नगरी वाराणसी पुग्ने भएका भएका छन्।
भारतीय समाचार संस्था एसियन न्युज इन्टरनेशनल (एएनआई)ले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार प्रधानमन्त्री देउवाले चैत १९ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री देउवा चैत १८ गते भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्। देउवा चैत २० गतेसम्म भारतमा रहनेछन्।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा रेल्वे सेवा उद्घाटन गर्नेछन्। त्यसैका लागि सरकारले केही दिन अघि रेल्वे अध्यादेश पुन: जारी गरेको थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।