काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवा भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
शुक्रबार नेपाल आएका वाङले प्रधानमन्त्री देउवासँगै भर्चुअल रुपमा पोखरा विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ। पर्यटनमन्त्री प्रेम आले त्यसका लागि पोखरा पुगेका छन्। वाङले चीनियाँ लगानीमा निर्माण भएको विमानस्थल प्रधानमन्त्री देउवलाई हस्तान्तरण गर्ने छन्।
वाङले प्रधानमन्त्री देउवालाई विमानस्थलको साँचो हस्ताक्षरण गर्नेछन्। पोखरा विमानस्थलको काम अहिले ९० प्रतिशत सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।