काठमाडौं– बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल रहेका छन्।
उनले प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा पीडितलाई झुक्यानमा पारेर चेक दिएका थिए।
उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट गएको मंसिर १४ मा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा नौ लाख जरिवाना र दुई दिन कैद हुने फैसला भएको थियो।
त्यसपछि फरार रहेका उनलाई ब्युरोको टोलीले कपनबाट पक्राउ गरी फैसला कार्यान्वयन लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।