काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्।सोमबार बिहान सार्वजनिक मत परिणामअनुसार सिंह नयाँ कार्यकालका लागि पुनः अध्यक्षमा चुनिएका हुन्।
महासंघको अध्यक्षका लागि ३ जना प्रतिस्पर्धामा थिए । सिंहका साथै पुराना कार्यसमितिका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइराला अध्यक्षको प्रतिस्पर्धामा थिए।
त्यस्तै, संघको वरिष्ठ उपाध्यक्ष र महासचिवसमेत सिंह प्यानलबाट चुनिएका छन्। संघको वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा तथा महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन्।
संघको प्रदेश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन्।
उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे विजयी भएका छन् भने उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भए । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ विजयी भए भने सहकोषाध्यक्ष सन्तोष शाह विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।