काठमाडौं– नेपालमा थप ६५ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा संक्रमण देखिएको छ।
यस्तै, एक हजार ६४१ एन्टिजेन परीक्षणमा ६ जनालाई संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप १९२ संक्रमणमुक्त भएका छन्।
योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६१ हजार ७० पुगेको छ। सो अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या चार हजार ९१७ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।