काठमाडौं- रुस-युक्रेनबीच युद्ध सुरु भएदेखि रुसी सेनाले धेरै सहर र गाउँहरू कब्जा गरिसकेको छ। र, यी क्षेत्रहरूमा फसेका मानिसहरू मद्दतको लागि आग्रह गरिरहेका छन्।
बम विष्फोटसँगै यहाँका बासिन्दा चिसो मौसम र खाद्य संकटको जोखिममा छन्। जसका कारण युक्रेनको मारिउपोल सहर र राजधानी किएभको पश्चिम र उत्तरका गाउँहरूमा मानवीय संकट उत्पन्न भएको देखिन्छ।
बीबीसी युक्रेन सर्भिससँग कुरा गर्दै यहाँ बसोबास गर्दै आएका मानिसहरूले आफूलाई अहिले के भइरहेको छ भन्ने जानकारी दिएका छन्।
मारिउपोलबाट आउने हरेक भिडियो र तस्विरमा अन्ना तोख्माख्ची आफ्नो घर खोज्ने प्रयासमा छिन्। उनकी आमा अझै मारिउपोल सहरमा फसेकी छन् र पछिल्लो पाँच दिनदेखि उनीसँग कुनै सम्पर्क भएको छैन।
रुसी सेनाले एक साताभन्दा बढी समयदेखि सहरलाई घेरा हालिरहेका छन्। र, लगातार बमबारीका कारण यो सहर विनाशको कगारमा पुगेको छ। जसका कारण यहाँ बिजुली, पानी र खाद्यान्नको अभाव छ।
बम विष्फोटका कारण सडकको अवस्था यस्तो छ कि मानिसलाई सहरबाट बाहिर निस्कन समेत कठिन भएको छ। पछिल्ला केही दिनदेखि यस क्षेत्रबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरिएको थियो तर मानवीय कोरिडोरमा आक्रमण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।