काठमाडौं- नेपाल युवा संस्था सञ्जाल, आयोनको ८औं अध्यक्षमा विकल राई चयन भएका छन्।
आयोनको शनिबार सम्पन्न १५ औं साधारण सभाले राईको नेतृत्वमा नयाँ समिति बनाएको हो। संस्थाको वरिष्ठ उपाध्यक्षमा चन्दन शाह, महासचिवमा खिमानन्द देवकोटा, सचिव विपना शर्मा र कोषाध्यक्षमा शोभा सापकोटा चयन भएका छन्।
खोटाङ स्थायी घर भएका राई लामो समयदेखि युवाहरूका मुद्दामा सक्रिय रहँदै आएका छन्।
आयोनमा विभिन्न भूमिका निर्वाह गरिसकेका राईले अब देशभरका युवा क्लवहरूलाई थप प्रभावकारी बनाउने गरि आफूले काम गर्ने बताए।
आयोनलाई देशकै ठूलो युवा संस्थाहरुको राष्ट्रिय सञ्जालका रुपमा लिइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।