hom
काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि तयारी सुरु भएको छ । एआईजीमा बढुवाका लागि आइतबार बढुवा सिफारिस समितिको बैठक बस्ने तयारी छ।
गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिको बैठक आइतबार बस्ने र आजै एआईजीमा बढुवा सिफारिस हुनसक्ने सम्भावना रहेको छ। केही समयमअघि मात्रै सरकारले तीन वटा एआईजीको दरबन्दी थप गरेको थियो। थप भएको तीन एआईजी पदमा बढुवाका लागि सिफारिस समितिले बैठक बसेर तयारी सुरु गर्न लागेको हो।
स्रोतका अनुसार हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची घनश्याम अर्याल र वसन्त पन्तसँगै एआईजी विश्वराज पोखरेलका ब्याची धीरजप्रताप सिंहलाई एआईजी बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको छ। उनीहरुसँगै दर्जन भन बढी डीआईजी एआईजी बढुवाका प्रतिस्पर्धी छन्।
प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, वसन्त लामा, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, अरुण बिसी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य बढुवाको प्रतिस्पर्धामा छन् ।
गृहसचिवसँगै एआईजी सिफारिस समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।