काठमाडौं– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा १४३औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा सुरु भएको सो तालिमको उद्घाटन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले गरेका हुन्। तालिम उद्घाटन गर्दै उनले फौजी संगठनमा विशेष महत्त्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीको वृत्तिविकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
तालिमले व्यक्तित्व विकासमा समेत सघाउ पु¥याउने उनके भनाइ थियो। ट्राफिक व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै गइरहेको भन्दै उनले समस्या पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानवीय तथा भौतिक स्रोतसाधनको उच्चतम प्रयोगका लागि प्रशिक्षण फलदायी हुने बताए।
सडक प्रयोगकर्तालाई सरल र सहजरुपमा सेवा प्रदान गरी ट्राफिक व्यवस्थापन कार्यमा यस तालिमले सहजता ल्याउनुपर्नेमा उनले जोड दिए। तालिमलाई विशेष मौकाका रुपमा सदुपयोग गर्दै अझ बढी अध्ययनशील र मेहनती भई फौजी अनुशासन कायम राख्दै बढीभन्दा बढी ज्ञान आर्जन गर्ने थलोका रुपमा उपयोग गर्न पनि उनले प्रशिक्षार्थीलाई आग्रह गरे।
तालिम संयोजक प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्यावधिको उक्त तालिममा प्रहरी हवल्दार दुई र प्रहरी जवान ७५ गरी कुल ७७ प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए। तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।