गेट्टी ईमेज
काठमाडौं– साउदी अरबले शनिबार एकैदिन ८१ जना पुरुषविरुद्ध मृत्युदण्डको सजाय सुनाइएको जानकारी दिएको छ।
यो तथ्याङ्क गएको वर्षभरी साउदी अरबमा सुनाइएको मृत्युदण्डको संख्याभन्दा बढी हो। साउदी अरबमा अघिल्लो वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो।
सरकारी समाचार एजेन्सी एसपीएका अनुसार मृत्युदण्डको सजाय पाउनेमध्ये ७ जना यमनी नागरिक र एक सिरियाली नागरिक छन्। उनीहरुलाई चरमपन्थसहित 'एकभन्दा बढी जघन्य अपराध'का लागि सजाय सुनाइएको हो।
मृत्युदण्ड सुनाइकामध्ये केहीमाथि इस्लामी चरमपन्थी समूह इस्लामिक स्टेट, अल-कायदा र यमनको हुती विद्रोहीको समूहसँग संलग्न रहेको आरोप थियो।
मानवाधिकार संगठनहरुको भनाइ छ कि मृत्युदण्ड सुनाइएका आरोपीलाई निष्पक्ष तथा कानुनी रुपमा आफ्नो दलिल पेस गर्ने मौका नै दिइएन। यद्यपि साउदी अरब सरकारले यी सबै आरोप खारेज गरेको छ।
एसपीएका अनुसार मृत्युदण्डको सजाय पाउनेहरुमाथि १३ न्यायाधीशको अधिनमा मुद्दा चलाइएको थियो। यस दौरान सबै आरोपी ३ चरणको न्यायिक प्रक्रियामा सामेल भएका जनाइएको छ।
यी सबैमाथि देशका महत्वपूर्ण वित्तीय क्षेत्रमा हमलाको षड्यन्त्र रच्ने, सुरक्षाकर्मीको हत्या गर्ने तथा उनीहरुलाई निशाना बनाउने, अपहरण, यातना, बलात्कार तथा देशमा हतियारको तस्करी गरेको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।