नुवाकोट– आफ्नी ६५ वर्षीया आमाको हत्या गरेको आरोपमा नुवाकोट प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–१ नयाँबस्ती बस्ने ३३ वर्षीय भीमबहादुर बलामी छन्। ६५ वर्षीया आामा कान्छी बलामीको हत्या गरेको आरोपमा प्रहरीले शनिबार राति भीम बहादुरलाई पक्राउ गरेको हो।
भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका भीमबहादुरलाई हिरासतमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।