काठमाडौं– बैंकर्स संघले चैतका लागि ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ। बैंकर्स संघ कार्यसमितिको बैठकले यसअघि फागुनका लागि तोकेको ब्याज दरलाई निरन्तरता दिने निर्णय गरेको हो।
चौतर्फी रुपमा ब्याज वृद्धिको विरोधपछि बैंकर्स संघले पुरानै ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो। यसअघि फागुनमा साधारण मुद्दतीको अधिकतम ब्याज ११.०३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपकर्ताले १०.०३ प्रतिशत ब्याज तोकिएको थियो। रेमिटेन्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याज पाउनेछन्। चैतका लागि पनि सोही ब्यजादर कायम हुने संघको भनाइ छ।
बैंकहरुले चैत १ गतेबाट लागू हुने ब्याज फागुन मसान्तमा प्रकाशित गर्ने छन्। फागुनमा १०.०५ प्रतिशत रहेको मुद्दतीको ब्याज ११.०३ प्रतिशत पु¥याइएकाले लागत वृद्धि भइसकेको छ। नयाँ ऋणीको ब्याज माथि पुग्न थालिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।