काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ८ अंक बढेको छ।
अघिल्लो कारोबार दिन गत बिहीबार ५२.३१ अंक बढेर २५६६.९० विन्दुमा बन्द भएको नेप्से आवज सो सेसनमा ८.३६ अंक बढेर २५७५.२७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६७ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १८ कम्पनीको ६६ लाख ५९ हजार १०२ रुपैयाँ ९९ पैसा बराबरको १२ हजार ८०६ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।