काठमाडौं– झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १२ का ४५ बर्षीय कुमार राजबंशी र झापा अर्जुनधारा नगरपालिका ४ भाङबारीका ३६ बर्षीय रेस बहादुर सार्की रहेको प्रहरीले जनाएको छ।
शनिबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट कुमार राजवंशीलाई ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
शनिबार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले रेस बहादुर सार्कीलाई घरमै ब्राउन सुगर २ ग्रामसहित पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।