काठमाडौं– मोरङको रंगेली नगरपालिका २ मंगलबारेस्थित विराटनगर–आमबारी सडक खण्डमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार विराटनगर महानगरपालिका ५ का ४१ वर्षीय बलराम बर्तौला रहेका छन् भने विराटनगरकै १६ वर्षीय कमल भन्ने कुनाल बर्तौला घाइते भएका छन्।
शनिबार दिउसो पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश न.०१–०४–००१ प ७१६४ नंम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।