काठमाडौं– हाल देशभर पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।
आज (आइतबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।
अपराह्नपछि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैगरी, देशको पूर्वी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।