काठमाडौं– रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
कोभिड–१९ संक्रमणका कारण घट्दै आएको आयात वृद्धि गराइ नेपाली बजारको माग पूरा गराउन नेपाली पक्षबाट भएको प्रयास सफल भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए।
९ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही मार्च १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उनले बताए। चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि याहाँका व्यापारी र व्यवसायी पनि खुसी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।