१. स्थानीय तहको निर्वाचनमा ७ लाखसम्म खर्च गर्न निर्वाचन आयोगको प्रस्ताव, पाँच करोडसम्म खर्च गर्न दिने सीमा निर्धारण हुनुपर्ने राजनीतिक दलहरुको माग । (निर्वाचन खर्चबारे छलफल)
२. बहुराष्ट्रिय पेय पदार्थको नेपाली उत्पादक बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा दायर, ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ असुल हुनुपर्ने जिकिर । (बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा)
३. गत पुसमा ५.६५ प्रतिशत रहेको मूल्यबृद्धि फेरि उकालो लागेर ६ प्रतिशत हाराहारी पुग्यो, सबभन्दा धेरै घ्यु, तेलको मूल्य करिब २१ प्रतिशतले बढ्यो । (फेरि उकालो लाग्यो मूल्यबृद्धि)
४. रुसद्वारा नयाँ तीन सहरमा आक्रमण, लुट्स र नीप्रो शहरमा पहिलो पटक हमला, युक्रेनी युद्ध बन्दीहरूलाई रुसी फौजका लागि लड्न आग्रह गरिएको युक्रेनको दाबी । (रुसद्वारा नयाँ तीन शहरमा आक्रमण)
५. र, रिलयसँगको खेलपछि रेफ्रीसँग विवाद गरेको आरोपमा पीएसजीका अध्यक्ष र खेलकुद निर्देशकमाथि यूईएफएको अनुसन्धान सुरु, ‘खेलाडी र अधिकारीको गलत व्यवहार’अन्तर्गत कारबाही अघि बढाइएको उल्लेख । (यूईएफएको अनुसन्धान सुरु)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।