काठमाडौं- आक्रमणमा एक उच्च पदस्थ रुसी अधिकारी मारिएको युक्रेनी सेनाले दाबी गरेको छ।
युक्रेनको आन्तरिक मन्त्रालयका सल्लाहकारले मेजर जनरल आन्द्रेई कालस्निकोफ आक्रमणमा मारिएको दाबी गरेका हुन्। उनी रुसको पूर्वी सैन्य जिल्लाको २९ औं कमाण्डर भएको दाबी गरिएको छ।
पश्चिमी देशका अधिकारीहरूले पनि यसको पुष्टि गरेका छन्। यद्यपि, अधिकारीहरूले जनरलको नाम भने खुलाएनन्। यस विषयमा रुसबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
युक्रेनमा रुसले आक्रमण गरेपछि सोही दर्जाका कम्तीमा दुई सैनिक अधिकारीको मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।