काठमाडौं- रुसले युक्रेनी युद्ध बन्दीहरूलाई रुसी फौजका लागि लड्न आग्रह गरिएको युक्रेनको रक्षा मन्त्रालयले दाबी गरेको छ।
दक्षिण पूर्वी रस्तभ क्षेत्रमा रुसी फौजको संख्या घटेपछि त्यस्तो प्रयत्न गरिएको मन्त्रालयले जनाएको हो।
रक्षा मन्त्रालयले सैन्य अनुभव नभएकाहरूलाई पनि आफ्नो फौजमा राख्न चाहेको दाबी गरेको छ।
मन्त्रालयको विज्ञप्तिमा रुसी फौजले लुटपाट मच्चाइरहेको र अन्तर्राष्ट्रिय कानून उल्लंघन गर्दै सर्वसाधारणको हत्या गरिरहेको उल्लेख गरिएको छ।
त्यसैगरी रुसले नियन्त्रण गरेका स्थानहरूमा स्थानीयहरूसँग सम्झौता गर्न रुस समर्थक सन्देशहरू फैलाइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।