काठमाडौं– बहुराष्ट्रिय पेय पदार्थको नेपाली उत्पादक बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा दायर भएको छ।
३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गर्न आरोपपत्रमा माग गरिएको छ।
विभागले कूल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुल हुनुपर्ने जिकिर गरेको छ। कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।