काठमाडौं– नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन्। इन्जिनियर थानीलाई बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले  निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। 
पुस २५ गतेदेखि माघ १६ गतेसम्म निगमको प्रमुखका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिसँग आवेदन माग गरिएको थियो। 
आवेदनमध्येबाट  छनोट समितिले नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक थानीसहित विशेष आर्थिक क्षेत्र (सेज) कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौलाको नाम सिफारिसका गरेको थियो।
निगमको महत्वपूर्ण जिम्मेवारीमा आएकाले सोचेर मात्रै निर्णय गर्ने थानीले बताए। शुक्रबार थानीले जिम्मेवारी सम्हालेका हुन्।  निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल सकिएपछि थानी आएका हुन्।
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।