काठमाडौं– नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य बढेको छ। बिहीबार अघिल्लो दिनको तुलनामा ३ हजार ५ सयले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ।
बिहीबार १ लाख २ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार २ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
अघिल्लो दिन तोलामा ४५ रुपैयाँले घटेको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।