काठमाडौं- अमेरिकाले रुसी आक्रमणपछि उत्पन्न मानवीय र आर्थिक संकटसँग जुझ्नका लागि युक्रेनलाई आकस्मिक आर्थिक सहायाता दिने भएको छ।
अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजजेन्टटीभ्सका सदस्यहरूले युक्रेनका लागि १३.६ अर्ब डलर बराबरको आपत्कालीन सहायता प्याकेज अनुमोदन गरेका हुन्।
माथिल्लो सदन सिनेट आउँदा केही दिनभित्र त्यसलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ। सहायता रकममध्ये आधार युक्रेनको रक्षा खर्च र आधा शरणार्थी सहायताका लागि दिइएको हो।
राष्ट्रपति जो वाइडनले १० अर्ब डलर बराबरको सहायताका लागि अनुरोध गरेका थिए। यता, अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पनि युक्रेनलाई आकस्मिक आर्थिक सहायाता दिने भएको छ।
उसले १ अर्ब ४० करोड डलर बराबरको सहायता उपलब्ध गराउने प्रस्तावलाई अनुमोदन गरेको हो। आईएमएफले उक्त युद्धका कारण पुगेको आर्थिक क्षतिसँग जुझ्न युक्रेनलाई सहायता गर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।