काठमाडौं- युक्रेनमा रुसले आक्रमण गरेको दुई साताको अवधिमा झन्डै ६ हजार रुसी सैनिकको मृत्यु भएको अमेरिकाले अनुमान गरेको छ।
बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले उक्त अनुमान गरेका हुन्।
यस्तै, करिब १८ हजार रुसी सैनिक घाइते भएको बताइएको छ। प्रायः युद्धमा घाइते सैनिकको संख्या मृतकको संख्याभन्दा तीन गुना हुने गर्छ। तर, आफ्ना नागरिकहरुको मनोबल उच्च बनाउनका लागि मृतकको संख्या खुलाउने गरिँदैन।
नाम उल्लेख गर्न नचाहने एक अमेरिकी अधिकारीका अनुसार हताहत हुने रुसी सैनिकको अनुमानित संख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको छ।
उनले सैनिकहरूको मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही संघर्षसँग तुलना गरे।
युक्रेनले १२ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ। गत साता रुसले ५ सय सैनिकले युक्रेनमा ज्यान गुमाएको बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।