काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनले आफ्ना नागरिकहरूलाई मानवढालका रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।
युक्रेनी समकक्षी दिमित्रो कुलेबासँग बिहीबार टर्कीको आन्ताल्यामा भेट गरेपछि बोल्दै उनले उक्त कुरा बताएका हुन्।
युक्रेनमा रुसी आक्रमण सुरु भएपछि पहिलो पटक रुसी र युक्रेनी विदेशमन्त्रीबीच भेट भएको हो। टर्कीका विदेशमन्त्री मेभलुत चाभुशलुसमेत उनीहरूबीचको बैठकमा सहभागी थिए।
‘तथाकथित स्थल प्रतिरक्षा फौजले बन्दी बनाएको छ र उनीहरुले नागरिकहरूलाई मानवढालका रूपमा प्रयोग गरेका छन्,’ रुसी विदेशमन्त्री लाभ्रोभले भने।
युक्रेनी विदेशमन्त्रीसँगको भेटमा मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरताबारे छलफल भएको उनले बताए।
उनले नागरिकहरूलाई अन्यत्र जाने निकासमार्ग रुसले दिइरहेको दाबी गरेका छन। यद्यपि, रुससँग इच्छा नभए युद्ध रोक्न नसकिने उनले स्पष्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।