काठमाडौं- कांग्रेस पार्टीकी महासचिव र उत्तर प्रदेश विधानसभा निर्वाचनमा पार्टीको कमान आफ्नो हातमा लिएकी प्रियंका गान्धीले जनताको निर्णय सर्वोपरि भएको बताइन्।
उत्तर प्रदेशमा कांग्रेसले एउटा मात्र सिट जितेको छ भने एकमा अगाडि छ। भाजपाले ९१ सिट जितेको छ भने १६२ सिटमा अगाडि छ।
अर्थात् भाजपाले कुल २५३ सिट जित्न सक्छ। दोस्रो नम्बरमा समाजवादी पार्टी छ। समाजवादी पार्टीले २४ सिट जितेको छ भने ८८ सिटमा अगाडि छ। अर्थात् समाजवादी पार्टीले ११२ सिट जित्न सक्छ।
पार्टीको पराजयबारे गान्धीले ट्वीट गर्दै भनिन्, ‘लोकतन्त्रमा जनताको मत सर्वोपरि हुन्छ। हाम्रा कार्यकर्ता र नेताहरूले मिहिनेत गरे, संगठन बनाए, जनताका मुद्दामा लडे। तर, मिहिनतलाई मतमा परिणत गर्न सकेनौं। कांग्रेस पार्टीले सकारात्मक अजेन्डा अवलम्बन गर्दै उत्तर प्रदेश र जनताको हितका लागि लड्ने प्रतिपक्षको कर्तव्यलाई पूर्ण जिम्मेवारीका साथ निर्वाह गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।