काठमाडौं– मुलुकमा विदेश मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले उद्योगका लागि बन्देज लगाइँदै आएको सुपारी, मरिच र केराउको आयात खुला गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबारको राजपत्रमा सूचना जारी गर्दै यी वस्तु उद्योगले आफैं आयात गर्न सक्ने गरी खुला गरिएको जनाएको छ।
तेस्रो मुलुकहरु (थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया लगायत)बाट आयात हुने सुपारी, मरिच र केराउको प्रयोग नेपालमा कम मात्रै हुने गरेको छ।
लामो समयदेखि व्यापारीहरुले तेस्रो मुलुकबाट आयात गरेर सुपारी, मरिच र केराउ भारततर्फ तस्करी गर्ने गरेका थिए। तस्करीको क्रम बढेपछि सरकारले २०७६ चैतमा यी वस्तुको आयात नै बन्द गरेको थियो। तर, फेरिपछि सरकारले परिमाणात्मक रुपमा खुला गर्ने निर्णय गरेको थियो।
राजपत्रमा सूचना प्रकाशित भएसँगै अब वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको लागि ती वस्तुको आयात गर्न स्वीकृति दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।