गोवा– भारतको राजधानी दिल्लीबाट आफ्नो जितको सुरुवात गरेको आम आदमी पार्टी (आप)ले गोवामा समेत दुई सिट जितेको छ। दिल्लीपछि पञ्जावमा सरकार बनाइरहेको पार्टीले गोवामा प्रभाव जमाउन सुरु गरेको हो।
आपका नेताहरु क्याप्टन वेन्जी वीगास र क्रुज सिल्वाले जित हासिल गरेका हुन्। जितसँगै आपका नेता तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले इमानदार राजनीतिको सुरुवात भएको बताएका छन्।
उनले भनेका छन्, 'गोवामा जित्ने वेञ्जी र क्रुजलाई बधाई छ। इमानदार राजनीतिको सुरुवात गोवामा पनि सुरु भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।